शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

नेपाल बैंककाे नगद निक्षेप मेसिन सञ्चालनमा

काठमाडौं,– नेपाल बैंकले आफ्ना ग्राहकवर्गलाई  काठमाडौंकाे न्युरोडमा रहेको आफ्नो मूख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ ।

सो नगद निक्षेप मेसिनको सुविधाले ग्राहकलाई थप सेवा पुग्ने अपेक्षा सहित प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने जनाएको छ ।

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ ।

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेकोछ ।

अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न बैंक सधैं कटिबद्ध रहेको प्रवक्ता होम बहादुर खड्काले जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x