अमेरिकाकाे आप्रवासन अदालतका १७ न्यायाधीशहरू बर्खास्त

एजेन्सी । अमेरिकाले विभिन्न राज्यमा रहेका आप्रवासन अदालतका १७ न्यायाधीशहरूलाई बर्खास्त गरेको छ ।
अन्तर्राष्ट्रिय फेडरेशन अफ प्रोफेशनल एण्ड टेक्निकल इन्जिनियर्सले विज्ञप्ति जारी गर्दै शुक्रबार १५ जना र सोमबार थप दुई गरि १७ न्यायाधीशलाई बर्खास्त गरिएको जानकारी दिएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशमा रहेका आप्रवासीहरूको सामूहिक निर्वासनलाई तीव्र बनाइरहेका बेला यो कदम चालेको हो ।
युनियनका अनुसार उनीहरू क्यालिफोर्निया, इलिनोइस, लुइजियाना, मेरील्याण्ड, म्यासाचुसेट्स, न्यूयोर्क, ओहायो, टेक्सास, उटाह र भर्जिनिया गरी १० वटा विभिन्न राज्यका अदालतहरूमा कार्यरत थिए ।
युनियनका अध्यक्ष म्याट बिग्सले भनेका छन्, ‘यो निन्दनीय र सार्वजनिक हितविरुद्ध छ कि कांग्रेसले ८०० आप्रवासन न्यायाधीशहरूलाई अधिकार दिएको बेला, हामी ठूलो संख्यामा आप्रवासन न्यायाधीशहरूलाई कारणबिना बर्खास्त गर्दैछौं ।’
उनले थप अगाडी भने, ‘यो बेतुकको कुरा हो। यसको समाधान भनेको बर्खास्त गर्न रोक्नु र नियुक्ति सुरु गर्नु हो।’
WRITE COMMENTS FOR THIS ARTICLE