मङ्लबार, साउन १२, २०८३
Tuesday, July 28, 2026

नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल-जापान सहकार्यको ऐतिहासिक उपलब्धि

काठमाडौं – नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य भाग भव्य समारोहबीच औपचारिक रूपमा ‘ब्रेक थ्रु’ (छिचोलिएको) गरिएको छ।

उद्घाटन कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।

निर्माण थालेको ८० महिनापछि सुरुङमार्ग सञ्चालनमा आएको हो । सुरुङ चौबीसै घण्टा खुला हुनेछ ।

पहिलो लटमा आपत्कालीन सवारीसाधनलाई सुरुङ खुला गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले बताए । पहिलो लटमा एम्बुलेन्स, दकमल र सुरक्षाकर्मीको गाडीका लागि सुरुङ खुला हुने छ ।

सुरुङमार्ग प्रयोगका लागि तयार भए पनि तत्काल सबै सवारीलाई खुला गरिएको छैन। सडक विभागले केही दिन सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन, भेन्टिलेसन र आकस्मिक उद्धार क्षमताको परीक्षण गर्ने जनाएको छ। परीक्षण अवधिमा सुरुङ प्रयोग गर्ने सवारीबाट शुल्क लिइने छैन।

त्यसपछि अन्य सवारीसाधनलाई चरण–चरण गरेर खुला गर्दै लगिने निर्देशक नेपालले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि नगरपालिका–२ स्थित, टुटीपाखामा ४ कात्तिक ०७६ मा शिलान्यास गरेसँगै सुरुङ निर्माण थालिएको थियो ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकबाट सुरु हुने सुरुङ धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोलामा निस्कन्छ। सुरुङमा सिसिटिभी, भेन्टिलेसन, सञ्चार प्रणाली, दमकल र आपतकालीन उद्धार संयन्त्रसहितका सुरक्षा व्यवस्था जडान गरिएको छ।

सुरुङ सञ्चालनपछि डिजिटल टोल प्रणाली लागू हुनेछ। कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तोकिएको छ भने ठूला सवारीका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

निर्माण सुरु भएको करिब ७९ महिनापछि सम्पन्न भएको यो आयोजना जापानी सहुलियत ऋण र नेपाल सरकारको लगानीमा निर्माण भएको हो। आयोजनाको कुल लागत करिब २७ अर्ब ५० करोड रुपैयाँ रहेको सडक विभागले जनाएको छ। सुरुङ पूर्ण रूपमा सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको प्रवेश मार्ग थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x