बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रभु बैंक र होपफुल हराईजन नेपालबीच मानसिक स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने समझदारी

काठमाण्डाैं — प्रभु बैंक लिमिटेड र होपफुल हराईजन नेपालबीच दुई पक्षी समझदारी भएको छ । मानसिक स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने विषयमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

यस सहकार्यपछि प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले झम्सिखेल, पुल्चोकस्थित होपफुल हराईजनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौताअनुसार छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिभिलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्नेछ ।

एक समारोहबीच हस्ताक्षर गरिएको उक्त सम्झौतामा होपफुल हराईजन नेपालका तर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

होपफुल हराईजन नेपाल एक अनुभवी र दक्ष विशेषज्ञ समूहद्वारा सञ्चालित निजी मानसिक स्वास्थ्य सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका व्यक्तिहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श, उपचार र अन्य सेवाहरू प्रदान गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x