शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026

अर्जुननरसिंह केसीको शपथ चैत ११ गते, बाँकी २७४ जनाकाे १२ गते हुने

काठमाडौं – नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सासद अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यका रूपमा चैत ११ गते शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयले ज्येष्ठ सदस्यका रूपमा केसीको नाम सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई शपथ खुवाउने भएका हुन् । बुधबार बिहान ११ बजेर १५ मिनेटमा केसीको शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

केसीले राष्ट्रपतिबाट ११ गते शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित भएका थिए। तीमध्ये ७८ वर्षीय केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित भई ज्येष्ठ सदस्यका रूपमा चयन भएका हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x