देशैभरका चिकित्सकहरू सडकमा : मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी

काठमाडौं – चिकित्सकले आज पनि आकस्मिक र सघन उपचार बाहेकका सेवा बन्द गरेका छन् । उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका आएको चिकित्सक संघको नेतृत्वमा देशैभरका अस्पतालका आकस्मिक बाहेका सेवा बन्द गरेका हुन् ।
नेपाल चिकित्सक संघको आह्वानमा चरणबद्ध आन्दोलन गरेका चिकित्सकले सोमबार पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । जसका कारण बिरामीहरुले सास्ती खेप्नु परेको छ।
मंगलबार अस्पतालको सेवा बन्द गरेर काठमाडौं उपत्यकाका चिकित्सक माइतीघरमा जम्मा भएर शान्तिपुर आन्दोलन गरेका हुन् । काठमाडौं बाहिर भने संघको शाखामा भेला हुने र स्वास्थ्य संस्थामा धर्ना दिने कार्यक्रम गरिरहेका छन् ।
नेपाल चिकित्सक संघका महासचिव सञ्जिब तिवारीका अनुसार चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ । मंगलबार बेलुका नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी छ ।
WRITE COMMENTS FOR THIS ARTICLE