शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीकाे परिकल्पना गर्नुपर्छ -नेत्रविक्रम चन्द विप्लव

झापा :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले ५ वर्षसम्म एउटै सरकार चल्ने प्रणालीको परिकल्पना गर्न जरुरी रहेको बताएका छन् ।

झापाको बिर्तामोडमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । विप्लवले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको बताउँदै वर्तमान शासकीय स्वरूप परिवर्तन जरुरी रहेको बताए ।

उनले भने, ‘राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको छ । जनताहरू थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले बेहोर्नुपर्ने, हामीले खडा गरेको राजश्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो । यसका लागि पहिला राजनीतिक स्ट्रक्चरमा नयाँ ढंगले सोच्नुपर्छ । नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको छ । यस्तो अस्थिरता थेग्न सक्दैन । ५ वर्षसम्म एउटै सरकार चल्ने प्रणाली परिकल्पना गर्नैपर्छ ।’

संविधानमा धेरै ठूला हेरफेर गर्नुपर्ने जरुरी रहेको समेत उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x