शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

प्रतिनिधिसभा बैठक बस्दै : भोटेकोसी बाढी पीडितको विषयमा विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं – संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले हालै भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसले पुर्‍याएको ठूलो जनधनको क्षतिबारे ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार सभामुख अर्यालले प्रस्तुत गर्ने विशेष प्रस्तावमार्फत उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिनेछ।

विशेष प्रस्तावमा भनिएको छ, ‘मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिकको मृत्यु भएको, धेरै बेपत्ता भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति यो बैठक गहिरो दुःख प्रकट गर्दछ।’

यस्तै, बाढीका कारण घरबारविहीन भएका नागरिकहरूको उचित व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा दिवंगत आत्माको चिरशान्तिको कामनासमेत प्रस्तावमार्फत गरिने संसद् सचिवालयले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x