प्रभु बैंकका ग्राहक र कर्मचारीहरूलाई मार्फा प्यालेस होटलमा विशेष छुट
पोखरा – प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.-२ मार्फास्थित मार्फा प्यालेस होटलबिच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकाबिच सम्झौता भएको छ ।
आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरू लक्षित गरी उपलब्ध सेवाहरूमा बिशेष छुट प्रदान उद्देश्यले बैंक र होटलबिच उक्त सम्झौता भएको हो ।
एक समारोहकाबीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द्र थकालीले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिड÷क्रेडिट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीको रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ ।
प्रभु बैंक लिमिटेड तथा मार्फा प्यालेस होटलबिच भएको यो साझेदारीले मुस्ताङको पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरू पनि लाभान्वित हुनेछन् ।


WRITE COMMENTS FOR THIS ARTICLE