मुक्तिनाथ विकास बैंककाे सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक सहयोग कार्य सम्पन्न

बैंकले शिक्षालाई प्रोतसाहन दिँदै सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा रहेको बटालागाँउ, पूिर्वचौकी गाँउ पालिका वडा नं. ५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्र–छात्राहरुलाई विद्यालय पोषाक उपलब्ध गराएको छ । यस कार्यक्रमले विद्यार्थीहरुमा उत्साह थप्नुका साथै अध्ययनप्रति सकरात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा प्राथमिकता राख्दै बैंकले कर्णाली प्रदेश बिरेन्द«नगर –०४, सुर्खेत स्थित प्रदेश अस्पताल सुर्खेतमा सहयोग स्वरुप १० थान व्हीलचेयरहरु प्रदान गरेको छ, जसबाट स्वास्थ्य सेवा लिन आउने बिरामी र जेष्ठ नागरिकहरुलाई सहज हुने अपेक्षा बैंकले लिएको छ । साथै, कोशी प्रदेश स्थित जिल्ला अस्पताल, धनकुटामा समेत बैंकले बिरामी तथा कुरुवा बस्न सहज होस् भन्ने उदेश्यले ७ थान तीन सिटर कुर्सीहरु हस्तान्तरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै यस बाहेक स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरता लगायतका क्षेत्रहरुमा निरन्तर सकरात्मक योगदान पुराउँदै आइरहेको छ । आगामी दिनहरुमा समेत यस किसिमका गतिविधिहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता बैंकले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE