२५ अर्बको बजेट ल्याउने तयारीमा काठमाडौं महानगरपालिका
काठमाडौं – काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा आज बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा २५ अर्ब बढीको निर्धारण गरेको छ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बराबर बजेटको सीमा निर्धारण गरेको छ ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् । आजको बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।


WRITE COMMENTS FOR THIS ARTICLE