बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नेपाल एसियाली युथ टेबलटेनिस प्रिक्वाटर फाइनलमा प्रवेश

काठमाडाैं – नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यु–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो । ३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।

नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।

प्रिक्वाटरफाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x