शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

आजपाले जेठ १५ गते सिंहदरबार घेराउ गर्ने

काठमाडौं : आम जनता पार्टी (आजपा)ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । आजपाले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरेको हो ।

कोटेश्वरमा मङ्गलवार बसेको स्थायी कमिटी बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्णरुपमा असफल भएको भन्दै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताएका हुन् ।

यस्तै ओली नेतृत्वको सरकार र दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला–जिल्लामा सर्वपक्षिय भेलाद्धारा जनआन्दोलन परिचालन समिति गठन गर्दै सरकार र दलाल एवं लुटकारी दलतन्त्र विरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने आजपा महासचिव त्रिभुवन साहले बताए ।

गणतन्त्र दिवसकै अवसरमा आगामी जेठ १५ गते नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने उनले बताए ।

यस्तै बैठकले पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलन अन्तरगतको चैत २४ गतेको काठमाडौँमा भएको प्रदर्शन र सभा उत्साहजनक सहभागितामा सफल भएको निष्कर्ष निकालेको छ । चैत २४ गतेको सभा र विरोध प्रदर्शन व्यापक समर्थन र सहभागितामा सम्पन्न भएको र कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक, नैतिक सहित सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद व्यक्त गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

यसै गरी बैठकले पार्टीको हितविपरित कार्य गर्ने र पार्टी विधान, बिचार विरुद्ध कार्य गर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

दलाल एवं लुटकारी दलतन्त्र विरुद्ध सङ्घर्ष गर्दै आएको आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, वैदेशिक रोजगार ठगी, सरकारको मनोमानी कर आतङ्क लगायतका विरुद्धमा आन्दोलन गर्दै आएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x