प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित

काठमाडौं – प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।
आइतबार बसेको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका हुन् ।
सभामुख घिमिरेले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गरेको निजामती सेवा विधेयकमाथिको छलफलपछि निर्णय सुनाउँदै आगामी बैठकको मिति तोकेका हुन् ।
आजको बैठकमा विभिन्न सांसदहरूले विधेयकमाथि आ–आफ्नो धारणा व्यक्त गरेका थिए । विधेयक पारित भएपछि प्रतिनिधिसभा आगामी एक साताका लागि स्थगन गरिएको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE