बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गृहमन्त्री रमेश लेखकको राजीनामा नै आफ्नो प्रमुख एजेन्डा-प्रतिपक्षी दल

काठमाडौं –  प्रतिपक्षी दलहरूले अवरुद्ध संसद् बैठक सञ्चालनका लागि भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नै आफ्नो प्रमुख एजेन्डा भएको सभामुख देवराज घिमिरेलाई सुनाएका छन् ।

प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख देवराज घिमिरेले आज शुक्रबार दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा विपक्षी दलका प्रमुख सचेतकहरूले गृहमन्त्रीको राजीनामा नआई संसद्को अवरोध नहट्ने दोहोर्‍याएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले बजेट पेस गर्नका लागि मात्रै अवरोध रोकेको र आगामी बैठकमा अवरोध जारी रहने बताए । उनले गृहमन्त्रीको राजीनामा माग मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित भएकाले उनले राजीनामा नदिएसम्म आफूहरू अडानबाट ब्याक नहुने बताए ।

त्यस्तै अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको नाम जोडिएको घटना मानव तस्करसँग जोडिएको विषय भएकोले राजीनामा नगरी सदन चल्न नदिने बताए । उनले आफूहरूको माग सम्बोधन नभएसम्म सदन अगाडि बढाउन नदिने बताए ।

यस विषयमा गृहमन्त्रीलाई राजीनामा गराएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने विपक्षीको माग रहेको परियारको भनाइ छ । गृहमन्त्री लेखकले भने यसमा आफ्नो कुनै संलग्नता नभएको जिकिर गर्दै यो विषयलाई राजनीतिक पूर्वाग्रही ढंगले उचालिएको बताउँदै आएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x