आइतवार, असार ७, २०८३
Sunday, June 21, 2026

विप्लव नेतृत्वप्रति असन्तुष्टि जनाउँदै १० केन्द्रीय सदस्यसहित १२ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका १० जना केन्द्रीय सदस्यसहित १२ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। महासचिव नेत्रबहादुर चन्द ‘विप्लव’को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँहरूले पद तथा पार्टी सदस्यताबाट राजीनामा दिएको जानकारी दिनुभएकाे हाे ।

राजीनामा दिने नेताहरूले कम्युनिष्ट आन्दोलनको रूपान्तरण, एकता र पुनर्गठनको आवश्यकताबाट पार्टी नेतृत्व पछि हटेको आरोप लगाएका छन्। उहाँहरूले पार्टीभित्र वैचारिक बहस र लोकतान्त्रिक छलफलको वातावरण कमजोर बन्दै गएको भन्दै असहमति व्यक्त गर्नु भएकाे छ ।

उहाँहरूले पार्टीभित्र फरक मत राख्ने तथा बहसको माग गर्ने नेतामाथि निष्कासनको नीति अपनाइएको आरोपसमेत लगाउनु भएकाे छ। यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको उहाँहरूको भनाइ छ।

राजीनामा पत्रमा केन्द्रीय सचिवालय सदस्य उमा भुजेल र चन्द्रबहादुर खड्कालाई पार्टीबाट निष्कासन गरिएको निर्णयको पनि विरोध गरिएको छ। उक्त निर्णयलाई उहाँहरूले ‘भर्त्सनायोग्य’ भन्दै तत्काल पुनर्विचार गर्नुपर्ने धारणा राख्नु भएकाे छ ।

पार्टीभित्र देखिएको पछिल्लो असन्तुष्टिले महासचिव विप्लव नेतृत्वमाथि थप दबाब सिर्जना गरेको राजनीतिक वृत्तमा चर्चा छ। यद्यपि, यस विषयमा पार्टी नेतृत्वको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x