माओवादी र एकीकृत समाजवादीकाे संयुक्त बैठक २० गते बस्ने
नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी) सहितको बैठक बोलाएको छ ।
आइतबार पेरिसडाँडामा बसेको पार्टी सचिवालय बैठकले सो पार्टीसँग एकतागरी संयुक्त बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले १८ गते (मङ्गलवार) भने पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठक १८ गते बस्ने र एकीकृत समाजवादी लगायतका एकतामा आउने दलहरूको बैठक भने २० गते बस्ने निर्णय गरिएको पार्टीका नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठक सचिवालयका सदस्य जनार्दन शर्माले भने बहिष्कार गरेका थिए । संयोजक पुष्पकमल दाहालले नेतृत्वमा आफ्नो निरन्तरताका लागि सो पार्टीसँग एकता गर्ने निर्णय गरेकाले आफूलाई मान्य नहुने धारणा उनले शनिवारको बैठक गरेका थिए । तर आज भने उनी बैठकमा आएको पनि पार्टी प्रवक्ता सापकोटाले बताए ।
उनले शर्मालाई पार्टीले अराजक गतिविधिमा संलग्न भएको निष्कर्ष निकालेको समेत बताए ।
नेता सापकोटाले भने ‘हाम्रो केन्द्रीय समिति बैठक पर्सी १८ गते बस्ने निर्णय भएको छ । अनि संयुक्त अधिवेशन एकीकृत समाजवादी लगायतका एकतामा आउनेहरूको बैठक २० गते बस्नेकुरा भएको छ । र आज छलफल भएको विषयहरू अब यो समायोजन गर्ने विषयमा, नीतिगत र वैचारिक विषयहरूमा फेरि एकता भएपछि हामीले नयाँ दल दर्ता गर्नुपर्छ निर्वाचन आयोगमा । त्यो दल दर्ता गर्ने विषयमा बढी छलफल भएको थियो । विशेष गरी आन्तरिक सङ्गठनात्मक विषयमा आजको छलफल केन्द्रित भयो । आज जनार्दन शर्मा आउनु भएको थिएन । त्यसमा थप छलफल भएन । हिजो नै मैले भनेको थिए–उहाँले आफ्नो कुरा राख्नुभयो । अनि अध्यक्ष बस्नुस् अरूको पनि कुरा सुन्नुहोस् भन्नुभयो । सबैले बस्नुस् भन्दा उहाँ हिँड्नुभयो । र हामीले हिजै भनिसकेको छौँ कि त्यो राम्रो भएन । त्यो अलि अराजक तौरतरिका भयो भनेर हिजै भनिसकिएको छ । आज त्यस विषयमा थप छलफल केही भएन ।’
बैठकमा पार्टी एकतापछि दल दर्ता कसरी अघि बढाउने भन्ने विषयमा पनि छलफल भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE