बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्विट्जरल्यान्डमा बर्च हिमनदीको ठूलो हिस्सा फुट्दा ब्लाटेन गाउँ पुरियाे

स्विट्जरल्यान्ड आल्प्सस्थित ब्लाटेन गाउँ बर्च हिमनदीको ठूलो हिस्सा फुट्दा पुरिएको छ। बरफ, ढुंगा र हिलोले गाउँको ९० प्रतिशत भाग पुरिएको हो।

बुधबार लोट्चेन्टल उपत्यकामा रहेको बर्च हिमनदीको पहाडी भागबाट आएको पहिरोले हिमनदी फुटेपछि गाउँका घरहरू समतल भएका छन्। पहिरोले लोन्जा नदी अवरुद्ध भएर बाढीको जोखिम बढाएको छ।

बेलायतको न्यूक्यासल विश्वविद्यालयका हिमनदी विज्ञानका प्राध्यापक बेथान डेभिसले भने, ‘गत हप्ता हिमनदीको पहाड अस्थिर थियो, लाखौँ पाउन्ड चट्टान खसेको थियो।’ ‘धेरै दरारहरू बने, जुन बरफमा तनावको संकेत हो,’ उनले थपे।

आपतकालीन टोलीले हिमनदी पग्लने क्रम बढेपछि मे १९ मा तीन सय बासिन्दा र पशुहरूलाई सुरक्षित स्थानमा सारेको थियो।

सन् २०२३ मा सिल्भ्रेटा आल्प्समा पनि यस्तै भएको थियो। अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका श्रीधर आनन्दकृष्णनले भन्छन्, ‘हिमनदीको क्षयीकरणले फुट्नेदेखि ताल बनेर विनाश निम्त्याउँछ।’ भविष्यमा यस्ता घटना थप हुने अपेक्षा गरिएकाे छ। ड्रोन र उपग्रह तस्बिरले माटो र भग्नावशेषले भवनहरू ढाकेको देखाउँछ।

एक स्बाथानीय सिन्दाले भने, ‘मैले पहिरोमा सबै गुमाएँ।’ अर्कीले भनिन्, ‘अब यहाँ बस्ती थियो भन्न सकिन्न।’ ‘हामीले गाउँ गुमायौँ, तर हाम्रो मनोबल छ,’ ब्लाटेनका मेयर म्याथियास बेलवाल्डले भने।

जलवायु परिवर्तनले युरोपका हिमनदीमा ठूलो परिवर्तन ल्याइरहेको छ। सन् २०२४ को प्रतिवेदनअनुसार युरोपेली आल्प्सका एक तिहाइ हिमनदी २०५० सम्म हराउनेछन्।

सन् २००० यता स्विट्जरल्यान्डका हिमनदीले ४० प्रतिशत आयतन गुमाएका छन्। २०२२–२०२३ मा १० प्रतिशत बरफ पग्लिएको थियो। स्विस आल्प्समा १९७० यता तापमान ३ डिग्री सेल्सियस बढेको पाइएको छ।

स्विट्जरल्यान्डका हिमनदी सन् २१०० सम्म हराउन सक्ने खतरा छ। हिमनदी पग्लिँदा पानी आपूर्तिमा कमी र समुद्री सतह बढ्न सक्छ। लोन्जा नदी अवरुद्ध भएर बनेको तालले बाँकी भवनहरू डुबाएको छ, र नजिकैका गाउँहरूमा बाढीको जोखिम छ। विश्वको तापमान वृद्धि २ डिग्री सेल्सियसभन्दा कम राखे एक चौथाइ हिमनदी बचाउन सकिन्छ। एजेन्सी

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x