शुक्रबार, चैत्र २९, २०८१
Friday, April 11, 2025

तीनकुने र आसपाको क्षेत्रमा कोही कसैलाई पनि प्रदर्शन गर्न नदिन संसदीय समितिकाे निर्देशन

काठमाडौं–अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कोही कसैलाई पनि प्रदर्शन गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकपछि यस्तो निर्देशन दिएको हो।

बैठकले तीनकुने र आसपासका क्षेत्रमा प्रदर्शन गर्न नदिन, चैत १५ को राजावादीको प्रदर्शनमा आपराधिक गतिविधिमा संलग्न सबै दोषीमाथी कारवाही गर्न तथा संलग्न सबैलाई कानूनी दायरमा ल्याउन, यस्ता घटना दोहोरिनबाट रोक्न र गणतन्त्रको रक्षामा लाग्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई समितिका सभापति रामहरी खतिवडाले निर्देशन दिएका हुन्।

समतिले नेपाल प्रहरी र सशस्त्र प्रहरी साधन स्रोत पर्याप्त बनाउने उचित बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x