शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यकक्ष प्रवेश गरे

काठमाडौं : काठमाडौं महानगरपालिका प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यकक्ष प्रवेश गरेका छन् । नगर प्रहरीको अवरोधबीच प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका हुन् । नगर प्रहरीले ढोकामा लगाएको ताला फोडेर उनलाई कार्यकक्षमा प्रवेश गराइएको हो ।

बिहीबारै यसअघि उक्त ताला फोडेर गुरागाईलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय गरिएको थियो । मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित रहेको कार्यपालिका बैठकबाट उनलाई त्यहाँ प्रवेश गराउने निर्णय गरिएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । गुरागाईं कार्यालय जाने चर्चाबीच नगर प्रहरीले बिहीबार बिहान उनको कार्यकक्षमा ताला लगाएको थियो । गुरागाई ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए । मेयर बालेनले उनलाई निलम्बन गरेका हुन् ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिएको थियो । तर, त्यसलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यालयमा उपस्थित हुन रोक लगाइएको थियो । महानगरले गुरागाईंमाथि छानबिन गर्न यसअघि तीन समिति बनाएको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई नै काम गर्ने वातावरण मिलाउन निर्देशन दिँदै आएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x