शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

आइएमईमार्फत रकम पठाएकी प्रमिलाले जितिन १ करोड रुपैयाँ

काठमाडौँ,-आइएमईमार्फत रकम पठाएकी प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छिन्। उनले जापानको क्योदाइबाट आइएमईमार्फत नेपालमा रकम पठाएकी थिइन्।

आइएमईले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजनाअन्तर्गत रोकाया भाग्यशाली सेवाग्राही छनोट भएकी हुन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा आइएमई ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्रमार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गरेकी हुन्। आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले रोकायालाई बधाई दिएका छन् ।

यस्तै आइएमईले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना आज पनि सार्वजनिक गरेको छ। यो योजनामा आइएमई गरी रकम पठाउनेमध्ये ‍३जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्नेछन् । सँगसँगै पहिलो तीन महिना असोज ७ देखि मंसिर मसान्तसम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक–एक जनाले आकर्षक उपहार जित्नेछन्।

योजनाअन्तर्गत हरेक तीन–तीन महिनामा बम्पर उपहारसमेत जित्न सकिनेछ। यसैगरी दसैँ, तिहार तथा छठपर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजनाअन्तर्गत सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्नेछन्।

जसमा दैनिक पुरस्कारमा आइएमईको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एकजना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्नेछन् ।

यस्तै, हरेक हप्ता एकजना विजेताले डिएच आई होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर अथवा वासिङ मेसिन प्राप्त गर्नेछन् मासिक योजनामा एकजना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन्। यसमा तीनजना विजेता हुनेछन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x