बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा

बारा, –  बहुप्रतिक्षित परियोजनाकोरुपमा रहेको नेपाल–भारत अन्तरदेशीय मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना पुर्ण रुपमा सञ्चालनमा आएको छ ।

दुई चरणमा सम्पन्न परियोजनाको दोस्रो चरणअन्तर्गत भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्ज डिपोमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल पनि आयात गरी नेपाल आयल निगमले वितरण शुरु गरेको हो ।

२०७६ भदौ २४ गते पहिलो चरणमा डिजल आयात गरिएको उक्त पाइपलाइनमार्फत प्रति घण्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्न सकिने छ ।

परियोजनाले अमलेखगञ्ज डिपोमा पूर्ण अटोमेसन लोडिङ गर्न २४ वटा लोडिङ वे मा ३६ वटा फिलिङ पोइन्ट बनाइएकोे छ ।

प्रादेशिक डिपो अमलेखगञ्जका प्रमुख प्रलंयकर आचार्यले दोस्रो चरणको काम सम्पन्न भएसँगै पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख शहरका डिपोमा औपचारिक रुपमा वितरण थालिएको बताए ।

योसँगै टयांकरमार्फत हुने ८० प्रतिशत पेट्रोलियम पदार्थहरुको ढुबानी तथा प्राविधिक नोक्सानी अन्त्य हुने नेपाल आयल निगमले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x