मङ्लबार, माघ ६, २०८२
Tuesday, January 20, 2026

नेपाली कांग्रेसको विशेष पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित

काठमाडौं – नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा देखिएको तीव्र ध्रुवीकरणका बीच शुक्रबार आयोजना गरिएको विशेष पत्रकार सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । तर, निर्धारित समयभन्दा केही अघि मात्रै मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै विशेष कारणवश पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका हुन् ।

कार्यसम्पादन समितिले निर्णय नै गरेर महाधिवेशन प्रतिनिधिहरूलाई महामन्त्रीद्वयले बोलाएको भेलामा उपस्थित नहुन निर्देशन दिइसकेको अवस्था छ । महामन्त्रीहरूको ‘विद्रोह’ र संस्थापन पक्षको ‘प्रतिवाद’ का बीच आधिकारिक धारणा सार्वजनिक गर्न आजको पत्रकार सम्मेलन तय गरिएको थियो ।

विशेष महाधिवेशनको औचित्य नरहेको र नियमित महाधिवेशनबाटै पार्टी सुधार गर्नुपर्ने सन्देश दिन कार्यवाहक सभापति खड्काले यो सम्मेलन डाकेका थिए । स्रोतका अनुसार, पत्रकार सम्मेलनमा नेता डा. शेखर कोइरालालगायतका शीर्ष नेताहरूलाई समेत उपस्थित गराएर नेतृत्व एकढिक्का रहेको सन्देश दिने तयारी थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x