बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला जिल्ला अदालतमा उपस्थित

विराटनगर — मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी  सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला बुधबार जिल्ला अदालतमा उपस्थित भएकी छिन् ।

 

गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।

कोइराला बुधबार कार्यालय समय हुनासाथ अदालतमा उपस्थित भएकी हुन् । जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेसी तोकिएको छ। अदालतका अनुसार बयान सकिएपछि थुनछेक बहस हुनेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x