आवासीय चिकित्सकहरू सडकमा उत्रिए

स्वाथ्य मन्त्री र शिक्षा मन्त्रीले गरेको निर्णय विरुद्ध स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू सडकमा उत्रिएका छन्।
माघ १४ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकहरूलाई प्रदान गरिने निर्वाह भत्ताका विषयमा तीन बुँदे निर्णय गरेका थिए। यसको विरोधमा चिकित्सकहरू विरोधमा उत्रिएका हुन्।
‘चरम श्रम शोषण र आत्मसम्मान माथिको निर्मम प्रहारविरुद्ध विरोध कार्यक्रम’ लेखिएको ब्यानरमा बुधबार काठमाडौँको माइतीघरमा धर्ना दिएका उनीहरूले ‘डाक्टरलाई बन्धक बनाउन पाइँदैन’, ‘शिक्षा मन्त्री र स्वास्थ्य मन्त्रीले २०८१/१०/१४ मा गरेको निर्णय फिर्ता गर’, ‘साइन्टिफिक पीजी लागू गर’, लगायत लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।
दुई मन्त्रीस्तरीय निर्णयका विरुद्ध आवासीय चिकित्सकहरूले हिजोदेखि आन्दोलन थालेका हुन्।
WRITE COMMENTS FOR THIS ARTICLE