बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

बेलायती राजदूत रब फेनले वैवाहिक वर्षगाँठ जानकी मन्दिरमा मनाए

काठमाडौं,-नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औँ वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । श्रीमती जुलिया फेनसँग धनुषाका विभिन्न क्षेत्र घुम्न गएका फेनले शनिबार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिसरमै मनाएका हुन् ।

गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र ईतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहीँ आएर मनाउने सोचेको बताए ।

उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतीसँग विवाह गरेको जस्तै अनुभूति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त गन्तव्य भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।

यता जानकी मन्दिरका उतराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदूत फेनलाई मिथिला शैलीमा वैवाहिक परम्परा अनुसारका पहिरण लगाइदिनुका साथै मन्त्र पाठ गरी पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको ईतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रुपमा विकास गर्न सरकारसँग आग्रह गरे ।

राजदुत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलगायका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x