शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित ट्याक्सी चालकहरूले र्‍याली निकाले

ट्याक्सी चालकहरूले शुक्रबार र्‍याली निकालेका छन्। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उनीहरूलाई र्‍यालीमा उतारेका हुन्।

उनीहरूले राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गरेका थिए।

उक्त र्‍याली जडिबुटी चोक आइपुग्दा ट्राफिक व्यवस्थापनमा सकस परेको थियो। चालकहरूले बिच सडकमै ट्याक्सी राखेर केहीबेर अवरोध गरेका थिए।

नेपाललाई हिन्दु राज्य पुनःस्थापना गर्ने मागसहित विश्व हिन्दु महासंघले निकालेको र्‍यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न हिन्दुवादी तथा राष्ट्रवादी संघसंगठनको प्रतिनिधिमुलक सहभागितामा रहेकाे थियाे ।

देशमा धर्मान्तरण एक मुख्य समस्या र चिन्ताको विषय भएकोले त्यस्तो धर्मान्तरणमा रोक लगाउनुपर्ने मागसहित शान्तिपूर्ण र्‍याली गरिएको र्‍यालीमा उपस्थितहरुले बताएका छन् ।

प्रहरीले केहीबेरमा बाटो खुलाएका थिए। प्रसाईं पनि र्‍यालीमा सहभागी थिए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x