बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आफूलाई प्रदान गरिने सरकारी घर खेलाडी राजवंशीले अस्वीकार गरे

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले प्रदेश सरकारको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत आफूलाई प्रदान गरिने घर अस्वीकार गरेका छन्।

आफू आफ्नो परिवारका लागि घर बनाउन आर्थिक रूपमा सक्षम रहेको भन्दै उनले उक्त घर वास्तविक विपन्न र आवश्यकतामा परेका परिवारलाई दिन सरकारसँग आग्रह गरेका छन्।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राजवंशीले भने, ‘त्यो घर विपन्नका लागि बनाइदिने हो। जसका लागि आवश्यक हो, त्यो उसैलाई दिनुहोस्। म अहिले आफ्नो परिवार राख्ने घर बनाउन सक्षम छु।’
केही दिनअघि क्रिकेटर राजवंशीकी आमा शुभकुमारी राजवंशीको निधनपछि श्रद्धाञ्जली दिन उनको घर पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत ललितको घर बनाइदिने घोषणा गरेका थिए।

मोरङ क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य अर्यालको उक्त घोषणाले सुरूमा प्रशंसा समेत पाएको थियो।

राजवंशीले आफूले यसै वर्ष घर बनाउने योजना बनाए पनि आमाको निधनका कारण रोकिएको जानकारी दिए। उनले सरकारले दिने सहयोगको नियतमाथि प्रश्न नउठाए पनि प्रक्रियागत रूपमा आफू त्यसको हकदार नभएको बताए।

‘सरकारले सहानुभूति दिएर मेरै लागि भनेर केही दिन्छ भने त्यो ठीक छ, तर अरूका लागि आएको सुविधा म लिन्न’, उनले आफ्नो अडान स्पष्ट पारे।

राजवंशीको परिवार विराटनगरमा बस्दै आएको छ र उनीहरूको नाममा जग्गा समेत रहेको छ।

विपन्न नागरिकका लागि छुट्याइएको सरकारी स्रोत-साधन सही ठाउँमा प्रयोग हुनुपर्छ भन्ने सन्देश दिँदै एक राष्ट्रिय खेलाडीले देखाएको यो सदाचारको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x