प्रभु बैंक र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर बीच व्यवसायिक साझेदारी

पोखरा- प्रभु बैंक लिमिटेड र पोखरा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. बीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। एक समारोहका बीच मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंक तर्फबाट, बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत ‘एन.बि.सि.ओ.’ राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिट/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपलब्ध विभिन्न सेवाहरुमा १० प्रतिशत देखी २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन्। विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरुलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइने छ।
मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. ले उत्कृष्ट स्वास्थ्य सेवा र सुविधाहरु प्रदान गर्दै आएको र प्रभु बैंक तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर विच भएको योे साझेदारीले बैंकका कर्मचारी, तथा प्रभु बैंकका ग्राहकहरु पनि लाभान्वित हुने दुवै पक्षले अपेक्षा राखेका छन।
WRITE COMMENTS FOR THIS ARTICLE