शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेपछि संसदमा एमाले-माओवादीको भनाभन

नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी हिंसाका कारण देश उर्जा उत्पादनमा पछि परेको भनेपछि माओवादीले आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी युद्ध नभएको भन्दै सांसद भट्टराईले ०६५ सालमै देश लोडसेडिङ मुक्त हुने बताए ।

सांसद भट्टराईको यो अभिव्यक्तिप्रति माओवादीका सांसद माधव सापकोटाले नियमापत्ति जनाए । उनले सांसद भट्टराईले गैरसंसदीय र अमर्यादित शब्द प्रयोग गरेको दाबी गरे ।

तर, सभामुख देवराज घिमिरेले सांसद सापकोटालाई रोकेर भट्टराईलाई नै बोल्न निरन्तरता दिएपछि माओवादीका सांसदहरुले विरोध जनाएका छन् । माओवादीका सांसदहरुले बोल्न नदिएपछि सांसद भट्टराईले आफूलाई बोल्न नदिनु पनि हिंसा नै भएको तर्क गरे ।

त्यसपछि माओवादीका सांसद देवेन्द्र पौडेलले नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक धरातल अहिलेको संविधानले नदिने बताए । उनले आक्रोशित हुँदै भने, ‘उहाँले बोल्नुभएको शब्द रेकर्डबाट हटाउन माग गर्छु ।’

सभामुखले पौडेललाई बोल्न समय दिएपछि सत्तापक्षका सांसदहरु उठेर ससदनमा होहल्ला गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x