बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमान भिड्दै

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, युएई र ओमानबीच जारी ओडीआई शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ ।

नेपालले आजको खेलमा ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु मैदानमा हुने यस खेललाई लिएर नेपाली समर्थकहरू उत्साहित छन् ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले युएईलाई पराजित गर्दै शृंखलामा सुखद सुरुवात गरेको थियो । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण दुई अंक हात पारेको थियो ।

यता ओमानले भने आफ्नो पहिलो खेलमा युएईसँग हार बेहोरेको थियो । त्यसैले आजको खेल ओमानका लागि पुनरागमनको अवसरका रूपमा रहेको छ भने नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

लिग–२ को अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंक जोडेर सातौं स्थानमा रहेको छ । ओमान भने २५ खेलमा २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x