मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026

फुलाराको शब्द रचना र बजगाईंको सङ्गीतमा ‘मुखिया राजा’ बोलको गीत सार्वजनिक

पछिल्लो समय सांगीतिक क्षेत्रमा आफ्नो भिन्न पहिचान बनाउन सफल द्वय गीतकार भीष्मराज फुलाराको शब्द रचना र राजेन्द्र बजगाईंको सङ्गीत तथा संगीत संयोजन रहेको लोक तथा आधुनिक लय मिश्रण ‘मुखिया राजा’ बोलको गीत कन्हैया सिंह परियारको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक भएको छ ।

गीतमा सुगम संगीतको क्षेत्रमा सक्रिय यूगल जोडी गायक कन्हैया सिंह परियार र अन्जना गुरुङको स्वर रहेको छ । मनोज परियारको मिक्सिङ माष्टरिङ्ग रहेको यूगल गीतमा सामुहिक स्वर प्रमोद डिजी, रिस्ता थापा र सृजना देवकोटाको रहेको छ । त्यसैगरि वाद्यवादकमा
मादलमा भुवन गन्दर्भ, सारंगीमा हेमन्त कान्छा रसाइली तथा गिटारमा पुरस्कार खड्का रहेका छन् ।

यस अघि पनि भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईकै संगीत रहेको ‘पुतली’ बोलको गीतले नेपाली सांगीतिक बजारमा दर्शक/श्रोताहरूमाझ सर्बाधिक लोकप्रिय कमाउन सफल भएको थियो ।

सुनिल बिकको निर्देशन रहेको नृत्यपरक गीत ‘मुखिया राजा’ को भिडियोमा प्रदीप लामा र अपेक्षा सिंहको रोमान्टिक अभिनय देख्न सकिन्छ । पवन सुस्लिङको मूख्य छायांकन रहेको भिडियोमा सुप्रीम पराजुलीको सम्पादन र रोशन बिकको कोरियोग्राफी रहेको छ ।

भिडियोको लागि दि भ्यालेन्टिनोले भेषभूषा तयार पारेको छ भने दृश्य निर्माण गलबन्दी प्रोडक्सनले गरेको छ । त्यसैगरी, पोस्टर डिजाइन उत्तम कुमार कार्की, मेकअप सुवास तिमिल्सिना तथा निर्माण व्यवस्थापन निर्मल न्यौपानेले गरेका छन् । त्यसैगरि गिता परियार, अनुप सिंह, लम्ली गुरुङ, टिका गोपाल डिजिटल र एम डट क्रीयसनलाई धन्यबाद ब्यक्त गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x