बैठकअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सचेतकहरूसँग छलफल गर्ने

संसद् बैठकअघि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गर्ने भएका छन्। बुधबार दिउँसो सिंहदरवारमा हुने छलफलमा अध्यादेश लगायतका विषयमा चर्चा हुनेछ।
बैठकमा प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतक सहभागी हुनेछन्। अध्यादेशको माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरूले चर्को विरोध गरिरहेका छन्। बिहीबार संसद् बैठक बस्दैछ।
सत्तारुढ नेपाली कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे रहेका छन् भने एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला हुन्। त्यस्तै, विपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतकमा सन्तोष परियार छन्।
WRITE COMMENTS FOR THIS ARTICLE