नागरिक लगानी कोषकाे कार्यकारी निर्देशकमा पुनः कार्की नियुक्त
काठमाडौं – नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ। उदयपुरको स्थायी बासिन्दा कार्कीलाई मन्त्रीपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत हुनुभएको कार्की यसअघि पनि कोषको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । उहाँ २०८० माघ ३ गते कोषको कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट छनोट भएको थियो।
राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा काम गरेको अनुभव कार्कीसँग छ। कार्कीले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबिएफ) उपािध हासिल गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट व्यववस्थापनमा स्नातकोत्तर गरेकाकार्कीले केन्द्रीय बैकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषण लगायत विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत प्राप्त गरेका छन्।


WRITE COMMENTS FOR THIS ARTICLE