नागरिक बोर्ड डटकमको छैठौ वार्षिक उत्सब सम्पन्न
सामाजिक रूपान्तरणका लागि नागरिक समाज र नागरिक क्रियसन प्रा.लि द्वारा सञ्चालित नागरिक बोर्ड डटकमको छैठौ वार्षिक उत्सब कार्यक्रममा अध्यक्ष यामबहादुर जि.सी.को सभापतित्वमा सम्पन्न भयो ।
बरिष्ठ संस्कृतिबिद् प्रा. डा. जगमान गुरुङ्गका प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बिभिन्न बिधामा नागरिक क्रियसन अवार्ड तथा श्रष्टा सम्मान समेत प्रदान गरिएको थियो ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा उत्कृष्ठ बिकास बैंकको रुपमा मुक्तिनाथ बिकास बैंक, बाणिज्य बैंकहरुमा ग्लोबल र्आ.एम.ई. बैंक, मोहनीका महाराजा, बिनोद कार्की, राष्ट्रसेवक सरोजप्रताप राणा, उत्कृष्ठ फेशन सिनेमेट्रोग्राफर एडेन सुवाल, सर्वाेत्कृष्ठ पोशाक जिाईनर सबिन ढुङ्गाना, सर्वोत्कृष्ठ फेशन डिजाईनर शम्भु पुरी लगायतका बिधाहरुमा अवार्ड प्रदान गरिएको थियो ।
तोयानाथ ढकाल शिक्षा, बिजय खकुरेल कृषि, ईश्वरी वाग्ले सञ्चार, डा.निलकण्ठ पौडेल सामाजिक अभियन्ता, चेतन राई समाजसेवी, राजु कार्की ब्यवसाय, रमेश डङ्गोल समाजसेवी, किशोर गुरुङ्ग खेलकुद, निर्मल गुरुङ्ग सञ्चार उद्यमी लगायतलाई सम्मान समेत ग्िररएको थियो ।
बरिष्ठ महिला उद्योगी तथा नेपाल उद्योग बाणिज्य महासंघका पुूर्व अध्यक्ष भवानी राणा, बरिष्ठ उद्योगपति सोहन चौधरी, शैक्षिक परामर्श दाता प्रदिप बस्नेत, ब।िक्ष्ठ आलुूबाली बिशेषज्ञ श्याम ढकाललाई संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको उक्त कार्यक्रममा सञ्चालिका पनाह अधिकारीद्वारा गरिएको थियो ।
संस्थाका सल्लाहकार समितिका संयोजक डा. सुन्दर थापा, आलुबाली बिशेषज्ञ ढकाल, शिवहरि श्रेष्ठ लगायतका अतिथिहरुबाट संस्थालाई शुभकामना ब्यक्त गर्दै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामाजिक रुपान्तरणको अभियानमा सञ्चार क्षेत्रको भुमिकामा जोड दिदै सिमित श्रोत साधनबाट चलेको सञ्चार माध्यमहरुलाई टिकाउन उद्योगी तथा व्यवसायीहरुले साथ दिनु पर्नेमा जोड दिदैं सञ्चार र उद्योगीहरुको सम्बन्ध नङ र मासुको जस्तो बनाउनुपर्नेमा जोड दिएका थिए । संस्थाले बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नववर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दै वार्षिक क्यालेण्डर अनावरण गरेको थियो ।



WRITE COMMENTS FOR THIS ARTICLE