बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

नेपाली कांग्रेसका संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्ने

काठमाडाैं – नेपाली कांग्रेसका पूर्वसभापति शेबहादुर देउवा पक्षले राष्ट्रिय भेला गर्ने भएको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएपछि कांग्रेसको तत्कालीन संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

राष्ट्रिय सभाको निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना आयोजना गरिने देउवा पक्षका एक नेताले बताए । ती नेताका अनुसार भेला कहिले गर्ने अहिले मिति तय भइसकेको छैन । तर राष्ट्रियसभाको परिणाम आए लगत्तै भेला आयोजना हुने छ ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको सहभागितामा राष्ट्रियस्तरको भेला गरिने तयारी भइरहेको छ । राष्ट्रियसभा निर्वाचन आइतबार हुँदैछ ।

पार्टीको नीति सिद्धान्त र आदर्शमा टेकेर अगाडि बढ्नका लागि र नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको ती नेताले बताए ।

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ देखि ३० गतेसम्म काठमाण्डुमा भएको विशेष महाधिवेशनलाई संस्थापन समूहले स्वीकार गरेको छैन। उनीहरू विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेका छन्।

आयोगले थापा र शर्मा नेतृत्वको विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि उक्त समूह सर्वोच्च अदालतसम्म पुगेका हुन्।

सर्वोच्च अदालतले निवर्तमान संस्थापन समूहका पक्षमा अन्तरिम आदेश दिएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x