शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

माइतीघर डुबानको कारण खोज्दै काठमाडौँ महानगर

काठमाडौं – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको माइतीघर क्षेत्रमा भएको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्।

मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई उनले डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन्।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए।

माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ। निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ।

अनुगमनका क्रममा डुबानको प्रारम्भिक अवस्थाका विषयमा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख सुवोध देवकोटाले जानकारी दिए। प्रारम्भिक कारण यही हो। तर, कारण यति मात्र होइन।

अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध पुगेको भन्दै ती अवरोध हटाउनु पर्नेमा जोड दिए।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाइ डुवान मुक्त बनाइने बताइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x