कार्की नेतृत्वकाे सरकार भंग गर्न राष्ट्रपति पौडेललाई विप्लवको १० दिने ‘अल्टिमेटम’
काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १० दिने (अल्टिमेटम’ दिएकाे छ।
नेकपा माओवादीले राष्ट्रपति रामचन्द्र पौडेललाई बुधबार १३ बुँदे ज्ञापनपत्र बुझाउँदै कार्की नेतृत्वको अन्तरिम सरकार भंग गर्न माग गरेको हो । साेही ज्ञापनपत्रमा जेनजी विद्रोहको भावना अनुरूप विशेष परिस्थितिमा अवलम्बन गरिने आवश्यकताको सिद्धान्तलाई फ्रयोग गरी संवधिान संशोधन गर्न माग गरिएको छ।
‘यदि जनताका भावना, अग्रगामी राजनीतिक प्रस्ताव र जेनजीका आवाजहरूलाई समयमै सुनिएन भने परिस्थिति फेरी पनि विस्फोटक बन्दैन भनेर भन्न सकिँदैन । तसर्थ परिस्थितिको यो गम्भीरतालाई मध्यनजर गर्दै हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट तत्काल निम्न मागहरू पूरा गरेर मात्र देशलाई सापेक्षिक शान्ति, स्थिरता र निर्वाचनतिर लैजान सकिन्छ भन्ने मान्यताकासाथ महामहिम राष्ट्रपति ज्यू सामु यो ज्ञापन पत्र पेश गरेका छौं जारी ज्ञापनपत्रमामा भनिएको छ।’
नेकपा माओवादीले १० दिनभित्र माग सम्बोधन नगरिए सडक संघर्षमा अगाडि बढ्ने समेत चेतावनी दिइएको छ ।




WRITE COMMENTS FOR THIS ARTICLE