हामी अमेरिका भागेका होइनाै – सिताराम कट्टेल धुर्मुस
अमेरिका भागेको आरोप लागेपछि हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू भागेर अमेरिका नआएको स्पष्टिकरण दिएका छन् । पछिले २ सातादेखि नेपालका मिडियामा देखिन छाडेका धुर्मुसले त्यसअघि भने विभिन्न मिडियामा आँफुमाथि अन्याय भएको भन्दै निन्याउरो मुख बनाउँदै मिडिया हाउस भाईरहेका बेला एक्कासी उनी अमेरिका गएको खबर भाइरल बनाइयाे ।
विभिन्न मिडियामा उनी अमेरिका टाप कसेको भन्ने समाचार पछि आज एकाबिहानै फेसबुकमा लामो ‘बकपत्र’ शीर्षकको स्टाटस लेख्दै उनले अमेरिका भागेको भन्ने कतिपय मिडिया विवरणको खण्डन प्रयास गर्दै भनेका छन् म र मेरो परिवार भागेर अमेरिका आएको होइन, ग्रीनकार्ड भएपछि अमेरिका आएका हौँ ।
उनले लामो स्टाटस लेख्दै भनेका छन् ‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो । ‘यो कार्ड आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निशुल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्सरमेडिकेडमार्फत’ उनी भन्छन्, ‘यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं । आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं ।
कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् । छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु’ उनले लेखेका छन्, ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन ।


WRITE COMMENTS FOR THIS ARTICLE