बिहिबार, फाल्गुन २९, २०८१
Thursday, March 13, 2025

प्रकृति लम्साल मृत्यु प्रकरणमा आड्भिक श्रीवास्तव पक्राउ

काठमाडौं, –  भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका छात्र आड्भिक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ ।

प्रहरीले श्रीवास्तवको साथबाट मोबाइल समेत बरामद गरेको छ । श्रीवास्तव प्रकृतिको सहपाठी हुन् । श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ । श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ । प्रहरीले अनुसन्धानका लागि कागजात, मृतक प्रकृतिको पनि मोबाइल र ल्यापटप बरामद गरेको छ ।

गत आइतबार प्रकृति मृत भेटिएकी थिइन् । कलिंग इन्स्टिच्युटका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले भुवनेश्वरस्थित प्रहरी कमिशनरको कार्यालयले जारी गरेको विज्ञप्ति सार्वजनिक गर्दै दुई जनालाई पक्राउ गरेको उल्लेख गरेको छ।

४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरालाई प्रहरीले पक्राउ गरेको हो । किट प्रशासनले नेपाली विद्यार्थीहरूलाई कलिंग इन्स्टिच्युटबाट निकाल्दा सुरक्षा गार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । साथै प्रहरीले कलिंग इन्स्टिच्युटमा पढ्ने नेपालीसहित सबै विद्यार्थीहरूको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x