सोमवार, असार १, २०८३
Monday, June 15, 2026

धवलशमशेरले नयाँ पार्टी घोषणा गर्दै, दुर्गा प्रसाई सर्वमान्य नेता

काठमाडाैं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नयाँ पार्टी बनाउन लागेका धवलशमशेर राणा समूहले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी घोषणा गरेका छन् ।

उक्त पार्टीको अध्यक्ष धवलशमशेर राणा बनेका छन् । प्रसाईं भने सर्वमान्य नेता हुने भएका छन् । उक्त पार्टीले पूर्णआकार भने आउने साता लिनेछ ।

राणानिकटहरूको भनाइमा अध्यक्षमा राणा र सर्वमान्य नेता चयन गर्न आन्तरिक सहमति भइसकेको छ । त्यही सहमतिअनुसार उनीहरूले पार्टीको संरचना बनाउने तयारी गरेका छन् ।

राणा र प्रसाईंको आन्तरिक सहमतिपछि पार्टी निर्माणमा लागि दुईवटा समिति गठन गरिएका छन् । पार्टीको विधान, नाम र चिह्नलगायतका लागि एउटा कार्यदल बनेको छ । उक्त कार्यदलको नेतृत्व मुकुन्दश्याम गिरीले गरेका छन् । समितिमा ११ जना छन् ।

त्यसैगरी, असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x