मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको छ । ‘एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना छ’, एक मन्त्रीको भनाइ छ । महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन् । मन्त्रिपरिषद् बैठकपछि आजै साँझ पाँच बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सत्रौँ बैठक पनि प्रधामन्त्री कार्यालय सिंहदरबारमै बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE