एमालेको सचिवालय बैठक ओली निवासमा सुरु
काठमाण्डाैं – नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बैठक सुरु भएको हो।
बैठकले महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे निर्णय गर्नेछ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ सम्म पोखरामा हुनेछ ।
महाधिवेशनको तयारीका सम्बन्धमा आजको बैठकमा प्रारम्भिक रिपोर्टिङ हुने नेताहरूले बताएका छन् । बैठकमा सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन, पछिल्ला राजनीतिक घटनाक्रम आदि विषयमा पनि छलफल हुने छ ।
एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको छ।
सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने बताइएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE