घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन मानव अधिकार आयोगकाे आग्रह
काठमाडाैं – राष्ट्रिय मानव अधिकार आयोगले चुनावी प्रचारका क्रममा एक-अर्काप्रति घृणायुक्त आरोप-प्रत्यारोप नलगाउन आग्रह गरेको छ।
त्यस्तै, सामाजिक सञ्जालको दुरुपयोग नगर्न पनि आयोगले आग्रह गरेको छ। अरुको मर्यादामा आँच आउने प्रकृतिका सामग्री उत्पादन गरी डिजिटल प्रविधिको माध्यमबाट प्रचारप्रसार गरिएको पाइएको आयोगले जनाएको छ।
आयोगले भनेको छ, ‘निर्वाचनको क्रममा एक अर्काप्रति घृणायुक्त आरोप प्रत्यारोप नगर्न, कोही कसैले पनि सामाजिक सञ्जालको दुरुपयोग नगर्न, मतदाताको गोपनियताको हकमा प्रभाव नपार्न, भ्रमपूर्ण समाचार प्रकाशन प्रसारण नगर्न, हिंसात्मक क्रियाकलाप बन्द गर्न, मतदाता शिक्षालाई प्रभावकारी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ।’


WRITE COMMENTS FOR THIS ARTICLE