बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

भारतीय पार्श्व गायनकी शिखर व्यक्तित्व आशा भोसलेको निधन

काठमाडाैं – भारतीय पार्श्व गायनकी शिखर व्यक्तित्व आशा भोसलेको आइतबार मुम्बईमा निधन भएको छ। ९२ वर्षीया भोसलेलाई अत्यधिक थकान र छातीमा संक्रमण भएपछि शनिबार साँझ मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालले आज उनको निधनको पुष्टि गरेकाे हाे । यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै गोपनीयता कायम गरिदिन र स्वास्थ्य लाभको कामना गरिदिन अनुरोध गरेकी थिइन्।

८ सेप्टेम्बर १९३३ मा महाराष्ट्रको साङ्लीमा जन्मिएकी आशा भोसले शास्त्रीय गायक तथा अभिनेता पण्डित दीनानाथ मङ्गेशकरकी छोरी हुन्। उनी ९ वर्षको हुँदा पिताको निधन भएपछि उनको परिवार कोल्हापुर र पछि मुम्बई बसाइँ सरेको थियो।

दिदी लता मङ्गेशकरसँगै उनले कलिलै उमेरदेखि गायन र अभिनय सुरु गरेकी थिइन्। सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ बाट गायन यात्रा सुरु गरेकी उनले १९४८ मा फिल्म ‘चुनरिया’ मार्फत हिन्दी सिनेमामा पाइला टेकेकी थिइन्।

शास्त्रीय संगीत, गजल, भजन देखि आधुनिक पप र क्याबरेट गीतसम्ममा उत्तिकै दख्खल राख्ने भोसलेले २० भन्दा बढी भाषाहरूमा १२,००० भन्दा बढी गीत रेकर्ड गराएकी छिन्। उनले ओ.पी. नय्यर, आर.डी. बर्मन र ए.आर. रहमान जस्ता विभिन्न पुस्ताका संगीतकारहरूसँग मिलेर अनगिन्ती सदाबहार गीतहरू दिएकी छिन्। ‘चुरा लिया है तुमने जो दिल को’, ‘दम मारो दम’ र ‘दिल चिज क्या है’ जस्ता गीतहरूले उनलाई विश्वभरका संगीत प्रेमीहरूमाझ अमर बनाएका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x