शनिबार, भदौ २७, २०८३
Saturday, September 12, 2026

प्रभु बैंक र फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लज बीच सम्झौता

काठमाण्डौ  – लेक्साइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार आज प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जनबाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तर गरेका छन् ।

लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज र प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत विशेष छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतिय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ ।

लेकसाइड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लजमार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखी १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x