सोमवार, मंसिर २९, २०८२
Monday, December 15, 2025

राष्ट्र संघ मुख्यालयमा ड्रोन आक्रमण: छ शान्ति सैनिकको मृत्यु

काठमाडौं – सुडानी अधिकारीहरूका अनुसार शनिबार सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको संयुक्त राष्ट्र संघको सुविधा केन्द्रमा ड्रोन आक्रमण हुँदा ६ जना संयुक्त राष्ट्र संघका शान्ति सैनिकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

ड्रोनले संयुक्त राष्ट्र संघको मुख्यालय र बंगलादेश बटालियनमा तीनवटा मिसाइल प्रहार गरेको थियो, जसका कारण संयुक्त राष्ट्र संघको भण्डारण सुविधामा आगो लागेको थियो। मृत्यु भएका र घाइते भएका सबै शान्ति सैनिकहरू बंगलादेश बटालियनका सदस्यहरू थिए, जुन सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईको लागि खटाइएको संयुक्त राष्ट्र संघको अन्तरिम सुरक्षा बलको हिस्सा हो।

सुडानी सशस्त्र बलले यस आक्रमणका लागि अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (RSF) लाई आरोप लगाएको छ, तर ¥यापिड सपोर्ट फोर्सले उक्त दाबी अस्वीकार गरेको छ। सुडानको संक्रमणकालीन सार्वभौम परिषद्ले यस ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको सुविधाको सुरक्षाको गम्भीर उल्लङ्घन भनेको छ। सुडान अप्रिल १५, २०२३ देखि घातक द्वन्द्वमा फसेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x