शुक्रबार, कार्तिक ७, २०८२
Friday, October 24, 2025

मिराज ढुंगानाले दलको नाम भने सबैसँगको छलफलपछि मात्र राख्ने

काठमाडौँ । जेनजी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन् ।

उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे । आफूहरूको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने बताए । आफूहरूको प्रमुख मुद्दा भएको बताउँदै उनले जेन—जी अभियन्ताहरूलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिए ।

उनले भने ‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होइन । सङ्गठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो । हामीले राजनीतिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापि होइन । यो प्रस्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्यो । कि त मैले एनजीओ खोल्नुपर्‍यो देश विकासका लागी कि त राजनीतिक दल खोल्नुपर्‍यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’

उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x