विद्रोहमा जाऊ भनेर औपचारिक रूपमा भन्न गृहमन्त्रीलाई लिङ्देनकाे चुनौती
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था मान्छु र हिन्दु राष्ट्र चाहन्छु भन्नेलाई आस्थाकै कारण आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आज (शुक्रबार) को वैठकको आकस्मिक समयमा लिङदेनले एकपछि अर्को गर्दै कार्यकर्ता पक्राउ गर्नुभन्दा आफूहरूलाई विद्रोहमा जाऊ भनेर औपचारिक रूपमा भन्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् ।
‘राजसंस्था र हिन्दु राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण रवीन्द्र मिश्रलाई झण्डै दुुई महिनादेखि अपमानपूर्वक खोरमा राखिएका छ । आजै मात्र राष्ट्रिय प्रजातान्त्रिक युवा संघका अध्यक्षलाई पक्राउ गरेको समाचार आएको छ,’ लिङदेनले भने, ‘आस्थाका कारण एकपछि अर्को गर्दै पक्राउ गर्दै लैजाने हो भने सरकारले औपचारिक रूपमा भन्देओस्–विद्रोहमा जाऊ, जंगल पस भन्नु पर्यो, होइन भने सुजित केसीलाई अविलम्ब रिहाइ गरियोस् ।’
अध्यक्ष लिङदेनले सरकारले संविधानको उल्लंघन गरिरहेको दाबी गरेका छन् । उनले सरकारले फरक विचार राख्नेहरूलाई निषेधको राजनीति गर्न खोजेको भए आफूहरू विद्रोहमा जान तयार रहेको बताए । उनले सरकारको गतिविधि दुःखद, मानव अधिकार र संविधानविरुद्ध भएको बताए ।


WRITE COMMENTS FOR THIS ARTICLE