सिंहदरबार सुरक्षा प्रबन्धका तयारीबारे छलफल
काठमाडौं – सिंहदरबार सुरक्षा प्रबन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता मन्त्रालयमा बैठक बसी सुरक्षा तयारीबारे छलफल भएको छ।
गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मन्त्रालयका उच्च अधिकारीसहितको बैठकले नवनिर्वाचित संघीय सांसदहरुको शपथ ग्रहण र अधिवेशन सञ्चालनदेखि सिंहदरबार भित्रको आन्तरिक सुरक्षा तयारीबारे छलफल भएको हो।
बैठकमा गृहमन्त्री अर्यालले सांसदहरुको सपथ ग्रहण, संसद अधिवेशन सञ्चालन र व्यवस्थापन तथा सिंहदरबारभित्रका मन्त्रालयको सुरक्षालाई समेत ध्यानमा राखेर ट्राफिक व्यवस्थापन, सुरक्षा व्यवस्थापन र आर्थिक व्यवस्थापन गर्न निर्देशन दिए। सो अवसरमा सुरक्षाको आवश्यकीय प्रवन्ध गरिएको प्रहरीका उच्च अधिकारीबाट जानकारी गराइएको थियो।


WRITE COMMENTS FOR THIS ARTICLE